नियम ११
दर्ता अधिकारी सम्बन्धी व्यवस्था
: (१) बोर्डले स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक सङ्ख्यामा दर्ता अधिकारी नियुक्ति गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम नियुक्त दर्ता अधिकारीको काम, कर्तव्य र अधिकार देहाय - बमोजिम हुनेछ :-
(क) योगदान रकम लिई बीमालेख: दर्ता तथा नवीकरण गर्ने, गराउने,
(ख) कार्यक्रमको बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ग) बीमितको पहिचानमा विबाद भएमा समाधान गर्ने र समाधान हुन नसकेमा बोर्ड समक्ष निर्णयका लागि लेखी पठाउने,
(घ) दर्ता सहयोगीलाई बीमालेख दर्ता, नवीकरण वा सो सम्बन्धी अन्य कार्यमा परिचालन गर्ने,
(ङ) दर्ता सहयोगीको कामको अनुगमन तथा सुपरीवेक्षण गर्ने,
(च) बोर्डले तोके बमोजिमका अन्य कार्यहरु गर्ने।
(३) दर्ता अधिकारीको योग्यता, भर्ना प्रक्रिया, पारिश्रमिक र सेवाका अन्य शर्त तथा सुविधा बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।